



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। हिजो तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ।

