

धनगढी । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा पनि आफू पार्टी सभापतिमा चुनाव लड्ने बताएका छन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सभापतिमा चुनाव लड्ने र जित्नेमा विश्वस्त रहेको बताए । सभापति जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने भन्ने प्रश्नमा उनले भने, ुशत प्रतिशत विश्वस्त छु ।ु




१४औँ महाधिवेशनमा लडेको टिम सँगै रहेको उनको दावी छ । महामन्त्री गगन थापासँग कुनै किसिमको असमझदारी नरहेको कोइरालाले बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा सबैको आदरणीय नेता भएको बताए ।


ुउहाँ (देउवा) सुदूरपश्चिमको मात्रै होइन हामी सबैको आदरणीय नेता हुनुहुन्छ,ु कोइरालाले भने । पार्टी सभापति भएकाले देउवालाई सबैले भेट्न जाने बताए ।
अर्को प्रसंगमा कोइरालाले यो सरकारलाई असफल हुने छुट नभएको बताए । ुयो सरकार असफल भयो भने अराजकता निम्तिन्छ,ु उनले भने, ुत्यसैले यो सरकारले म्यान्डेटअनुसार काम गर्नुपर्छ ।ु जनअपेक्षाअनुसार भने यो सरकारले काम गर्न नसकेको उनले बताए ।

