भन्सार छलीका सामानसहित दुई महिला पक्राउ

धनगढी । कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ पुर्व लम्कीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८९ हजार ५ सय मूल्य बराबरको सामानसहित लम्कीचुहा नगरपालिकाको थकालीपुर बस्ने २८ वर्षीया आशा हमाल र २५ वर्षीया वविता शाही पक्राउ परेका हुन्।

दुबै जनालाई प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समानसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बरामद गरि उक्त सामान र दुवै जनालाई नियन्त्रण लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सत्ती कैलाली पठाइएको छ।

Navadurga sun

यसैगरी कैलालीको धनगढी उपमहानगपालिका–२ आदर्श चोक, रुवस चोक नजिक, धनगढी उपमहानगपालिका–३ सिसा पोष्ट, धनगढी उपमहानगपालिका–७ मनेहरा र धनगढी उपमहानगपालिका– ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९४ हजार ३०४ बराबरको चिनी, साबुन, बिस्कुट, मिठाई, चक्लेट, सुर्ती, साडी, सल, स्विटर, नट बोल्ड, फलामको सिक्रि, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...