डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सुरु

डडेलधुरा- सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो ।

अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्र विक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ ।

भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक साताभित्रै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

डडेलधुरा अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने भए पछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

Loading...