धनगढी- कैलालीको कैलारी र गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।



कैलारी गाउँपालिका–५ मा २६ वर्षीय पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ११२ नम्बरको मोटरसाइकल र २६ वर्षकै अर्का पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१००११ प ६०७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्दिा २ जना घाइते भएका छन् । ३२ वर्षीया एक महिला र ६ वर्षीय एक बालक घाइते भएका छन् ।


घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
यस्तै गोदावरी नगरपालिका–९ मा २२ वर्षीय पुरुषले चलाएको से ३ प ४२०१ नम्बरको मोटरसाइकल र ३७ वर्षीय अर्का पुरुषले चलाएको चलाएको से २ त १७६० नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडी सवार १७ वर्षीय किशोर घाइते भएका छन् । घाइते दुबै जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको केन्द्रले जनाएको छ ।





