बढ्यो अण्डाको मूल्य

काठमाडौँ । आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको बताए।

Ganyapdhura gau
Dadeldhura hospital

जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको उनले बताए । यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो ।

Navadurga sun
Godawari sandesh

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् ।​ पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए । हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

 

Couple
Loading...