कञ्चनपुरमा हाइस दुर्घटना, चालक सहित ८ जना घाइते

कञ्चनपुर- कञ्चनपुरमा हाइस दुर्घटना भएको छ। जिल्लाको गुलरियामा इलेक्ट्रिकल हाइस दुर्घटना भएको हो।

Dadeldhura hospital

मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

Navadurga sun
Godawari sandesh

घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । राइसमा १० जना सवार थिए । गाडी खाल्डोमा परेकाले निकाल्ने काम भइरहेको प्रहरीले बताएको छ ।

Loading...