


हेटौँडा । मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले हेटौँडा-३ बसामाडीबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।


मकवानपुरको मनहरिबाट वीरगन्जतर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको योद्धा पीकअप गाडीमा रहेको गाँजा सहित सवारी चालक भारत मोतिहारिका महोमद पीकअप गाडी खानतलासी गर्दा उक्त गाडीको ढालामा बालुवा र मलले छोपी लुकाई छिपाई गरी ल्याइएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो ।

