काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका ब्राण्डन म्याकमुलन ३६ रनमा आउट भएका हुन् ।
उनलाई विराटनगरका अनिल खरेलले आउट गरेका हुन् । जारी खेलमा अनिलको यो तेस्रो विकेट हो । यसअघि सैफ जैब १४, आरिफ शेख ९, विनोद भण्डारी २३ र अमित श्रेष्ठ १ रनमा आउट भए । टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।