मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की टीकापुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जानकी गाउँपालिका–१ का ३५ वर्षीय विमल डंगौरा थारुको ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार थारुले चलाएको सुपप्र ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर सडकको नालामा पल्टिएको थियो । दुर्घटनामा गम्भीर थारुलाई उपचारको लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ ।

 

Loading...