कैलालीबाट लागू औषध र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

ठगी मुद्दामा १ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २५ वर्षीय मोहन राज भट्ट पक्राउ परेका हुन् । भट्टलाई कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाबाट प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै लागूऔषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–२ बस्ने ३५ वर्षीय तेज बहादुर खड्का पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...