दीपशिखा युवा क्लबद्वारा खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै

अत्तरिया- दीपशिखा युवा क्लबले आगामी मंसिर १७ गते देखि खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

क्लबका अनुसार प्रतियोगिता नक आउट आधारमा खेलाइनेछ । खेलाडीहरूको अनुशासन, समयपालना, र नियमको पालना अनिवार्य गरिएको छ।

Navadurga sun

प्रथम पुरस्कार: रु. ५०,००० नगद, ट्रफी, मेडल, र प्रमाणपत्र ।
दोस्रो पुरस्कार: रु. २५,००० नगद, ट्रफी, मेडल, र प्रमाणपत्र ।

प्रतियोगिताका प्रमुख नियमहरू:
1. प्रत्येक टोलीले अनिवार्य रुपमा जर्सी र मोजा लगाउनु पर्नेछ।
2. मदिरा वा नशालु पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा सहभागी हुन नदिइनेछ।
3. रेफ्री तथा आयोजकको निर्णय नै अन्तिम हुनेछ।
4. प्राथमिक उपचारबाहेक अन्य उपचारको जिम्मेवारी टोलीको हुनेछ।
5. खेलमा सहभागी टोलीले १६ जनाको नाम (११ खेलाडी, १ कोच, र १ म्यानेजर) अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।

दर्ता शुल्क र अन्तिम मिति:
प्रवेश शुल्क: रु. ४,०००।
कार्ड डिपोजिट: रु. १,०००।
दर्ता गर्ने अन्तिम मिति: २०८१ मंसिर १५ गते, साँझ ४ बजे।

सम्पर्क व्यक्तिहरू:
सचिव: करिश्मा कुंवर बम (९७४६२४७३३२)
कोषाध्यक्ष: अर्जुन नेपाली (९८२२१३३३३०)

अन्य सदस्यहरू:
देविका राई (९७६५९१९१७५)
नरेश साउँद (९८६५६०८०१०)
आयोजक दीपशिखा युवा क्लबले फुटबलप्रेमी टोलीहरूलाई समयमै आफ्नो टोली दर्ता गराउन आग्रह गरेको छ। थप जानकारीका लागि ९८४८४५६५२३ मा सम्पर्क गर्न सकिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...