सुदूरपश्चिम महोत्सव मंसिर २२ देखी

धनगढी- सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गते देखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गते देखी पुस २ गते सम्म महोत्सव सञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जनाएको छ । महोत्सवको तयारी तिव्र पारिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए ।

Navadurga sun
Godawari sandesh

महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्सवमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटलसूचना प्रविधि गरि ५०० जति स्टलहरू रहने जनाइएको छ । अध्यक्ष कुवँरका अनुसार करिव ९५ प्रतिशत स्टल बुक भइसकेको छ र महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवम् प्रवर्द्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए । यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने अध्यक्ष कुवँरले विश्वास लिए । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति सहित २९ उप समिति रहेको बताउँदै उनले सबैको उत्कृष्ट सहयोगले सुदूरपश्चिम महोत्सव २०८१ भव्य रुपमा सम्पन्न गर्ने बिश्वास लिए । उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन् ।

वाणिज्य संघका महासचिव ओम बिष्टले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी सर्मा ओलीलाई निमन्त्रणा गरिएको बताए । तर प्रधानमन्त्रीको चिन भ्रमणका कारण महोत्सव उद्घाटनमा आउने निश्चित नभएको उनले बताएका छन् ।

महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका विषयहरुमा छुट्टाइएको छ । सम्मृद्ध महिलाको लागी : आर्थिक सामाजिक सशक्तिकरण को लागी प्रति टिकट रु.२ छुट्टाइएको छ भने प्रति टिकट रु. ५ रुपैया संघको विपद व्यवस्थापन कोषमा जम्मा गरिने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

यसका साथै सामाज विकासको चुनौतिको रुपमा रहेको लागु औषध दुव्र्यसन विरुद्धको अभियानको लागी प्रति टिकट रु. १ छुट्टाइएको जनाइएको छ ।

Loading...