धनगढीमा शैक्षिक महोत्सव हुने

धनगढी- कैलालीको धनगढीमा शैक्षिक महोत्सव हुने भएको छ। धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ ।

१४ वर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो। धनगढीको एसपिए रोडमा सचिवालय उद्घाटन गरिएको छ ।

नवौं वृहत राष्ट्रिय प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि स्थापना गरिएको सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केन्द्रिय सचिव लामिछानेले लामो समयको अन्तरालपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले यो महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले सुदुरपश्चिमको शैक्षिक हबका रुपमा विकास भएको धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पुराउन शैक्षिक महोत्सव आयोजना गर्न लागेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याए ।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवधनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना गरिनेछ । यस अघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो ।

Loading...