कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट ९ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी–२ मिलन चोक, ट्राफिक चौराहा र ब्यारेल नजिक, धनगढी–३ रिङरोड, गोदावरी–४ गोदावरी, भजनी–३ जसबहादुर घाट, भजनी–८ सोनाफाटा र टीकापुर–९ ठोसे बजारको भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख २६ हजार ६०७ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मिठाई, चक्लेट, सरफ, साबुन, पास्ता, जुत्ता, चप्पल, कुर्ता, टोपी, सुटपिस, बेल्ट, ।बाईक स्प्रे, स्टिगर, लेमिनेशन पेपर, त्रिपाल, साईकल, कस्मेटिक सामान, किरानाका सामान, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–५ सुकासाल चोक, भीमदत्त–१० जिमुवा जाने बाटो र पुनर्वास–५ कार्किलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ४१ हजार ९१० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

Navadurga sun

कञ्चनपुरबाट चिनि, दाल, नारिवल, चक्लेट, साईकलको समान, साईकल, साडी, सुट कपडा, मोजा, प्लाष्टिक झिल्ली, हार्डवेयरका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...