देश बनाउने अभियानमा सबै एक हौं : लिङदेन

कैलाली- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देश बचाउने र बनाउने अभियानमा सबैजना एक हुनुपर्ने बताएका छन् । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका –२ साँडेपानीमा आयोजित आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले देशको विकासका लागि पर्याप्त सम्भावना हुँदाहुदै काम हुन नसकेको बताए ।

उनले इमान्दारितापूर्वक काम गर्न सके देश बनाउन धेरै समय नलाग्ने बताए । विकासका लागि सम्भावना भएर पनि विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भने, “बिजुलीबाट सुविधा लिनसके देश धनी र सम्पन्न हुनसक्छ, हाईड्रोजनमा परिवर्तन गरेर बिजुली बिक्री गरेर आम्दानी गर्न सकिन्छ, कृषिमा प्रयोग गर्न सकिन्छ, प्राकृतिक स्रोत साधनको सदुपयोग हुन सकेको छैन ।”

Navadurga sun

जलस्रोतले धनी देश भएर पनि संसारको सस्तो विजुली बनाउन र विदेशी लगानीकर्तालाई आकर्षण गर्न नसकेको आरोप अध्यक्ष लिङ्देलको भनाइ थियो। उनले नेपाल हिन्दु र बौद्ध धर्मको मुलथलो भएको उल्लेख गर्दै धर्मलाई पर्यटनसँग जोडेर सही प्रचार हुन नसकेको समेत बताए ।

अध्यक्ष लिङदेनले देशको वर्तमान व्यवस्था र २०८४ को चुनावलाई मध्यनजर गरेर यतिखेर आफूहरु जनताको नाडीछाम्न हिडेको बताए । उनले जनताको भावना बुझेर देशको अवस्था र व्यवस्था परिवर्तनका लागि विद्रोह र आन्दोलनको बाटो अपनाउन पनि आफ्नो पार्टी तयार रहेको घोषणा गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...