पुष्पाको घरमा चोरी

धनगढी । कैलाली प्रहरीले चोरेको आरोपमा एक युवक पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका – १ मनहरा टोलकी पुष्पा सापकोटाको घरकोठा तोडफोड गरी नगद तथा सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा स्थानीय २५ वर्षीय खडक रिजाल पक्राउ परेका हुन ।

पुष्पाको घरमा मंसिर ६ गते चोरी भएको थियो । घरमा चोरी भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रिजाललाई नियन्त्रणमा लिएरु शरिर तथा घर कोठा खानतलासी गर्दा पुष्पाको घरबाट चोरी गरेका मध्ये ४ आनाको सुनको तिलहरी, ६.५ आनाको सुनको झुम्का २ थान, १ आनाको सुनको काटा , २ आनाको सुनको चन्द्रमा र निज खडक रिजालको साथबाट नगद ३ हजार ४ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...