पार्कमा पर्यटकको घुइँचो

धनगढी- टीकापुर पार्कमा तिहारपछिको १५ दिनमा ५६ हजार भन्दा बढी पर्यटक आएका छन् । टीकापुर बृहत् बङ्गला पार्कका नामले परिचित यस पार्कका नयाँ वर्ष र दसैँतिहारमा देशका विभिन्न भागबाट ठुलो मात्रामा पर्यटक आउने गर्छन् ।

टीकापुर पार्क भ्रमण, अवलोकन र वनभोज खान बर्सैभरि पर्यटक आउने भए पनि वसन्त ऋतु नयाँ वर्ष र दसैँतिहारमा पर्यटकको भिड बढ्ने गर्छ ।

Navadurga sun

तिहारपछिका १५ दिनमा मात्रै ५६ हजार चार सय जनाले पार्क प्रवेश गरेका छन् भने पार्क प्रवेश शुल्कबापत १८ लाख ३० हजार रुपियाँ सङ्कलन भएको टीकापुर नगरपालिकाको पार्क शाखाका इन्चार्ज अर्जुन कुँवरले जानकारी दिए । कुँवरका अनुसार सबैभन्दा बढी कात्तिक २० गतेका दिन आठ हजार पर्यटक पार्कमा प्रवेश गरेका र प्रवेश शुल्कबाट दुई लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सिकार खेल्न पुग्नुभएका तत्कालीन राजा महेन्द्रको विसं २०२४ चैत २४ मा आकस्मिक हृदयाघात भएको थियो । राजा महेन्द्र काठमाडौँ फर्किने क्रममा हेलिकोप्टर टीकापुरमा अवतरण गरेका थिए । घना जङ्गलको बिचमा एक महिना बसेर स्वास्थ्य लाभ भएपछि यहाँ पार्कका रूपमा विकास गर्न निर्देशन दिएका थियो ।

हाल १३ बिघा जमिनमा बनेको टीकापुर पार्कमा महेन्द्र आरोग्यगृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यान मुख्य आकर्षणका रूपमा रहेका छन् । कैयौँ प्रकारका गुलाब र सँगैको कर्णाली नदीका कारण प्राकृतिक रमणीयताले पनि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । यहाँ कञ्चनपुर, बाँके, दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लाबाट ठुलो मात्रामा पर्यटक आउने गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...