

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
