झण्डै ४ लाखको अवैध सामान फेला

धनगढी । कैलालीमा झण्डै ४ लाखको अवैध सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ९७ हजार २७० मूल्यको अवैध सामान फेला पारेको हो ।

मंगलबार धनगढी-३ ट्राफिक चौहारा, धनगढी-७ मोतीचोक, धनगढी-१८ नक्लीपुर, भजनी नगरपालिका-८ कालिका स्कुल नजिक र टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, मसला, पास्ता, बिडी, सुटपिस, प्लाष्टिक डोरी, झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...