

काठमाडौं । स्थानीय बजारमा सुन-चाँदीको मूल्य फेरि बढेको छ। आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ।




सोमबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन प्रतितोला चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।



