बझाङमा सेती नदीमा बगेर युवतीको मृत्यु

gyan kendra dadel

बझाङ-  बझाङस्थित सेती नदीमा चिप्लिएर खस्दा एक युवतीको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रिगाउँकी २३ वर्षीया संगीता जोशीको सेती नदीमा चिप्लिएर खस्दा आइतबार ज्यान गएको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

आइतबार बिहान करिब १० बजेतिर स्थानीय भाँडे बजारमा सामान पुर्‍याएर घर फर्किने क्रममा सोही वडाको भण्डारीगाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा उनको ज्यान गएको बताइन्छ ।

ajaymeru gaupalika

जोशी चिप्लिएर लडेको स्थानबाट करिब ५ सय मिटर तल सेती नदीमा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनी भाँडेबजार झोलुङ्गे पुल नजिकै मृत अवस्थामा फेला परेकी थिइन् ।

Loading...