कालीकोट जीप दुर्घटना : मृतक ६ जनाको सनाखत

सुर्खेत- कालिकोट जीप दुर्घटनामा परी मृत्यु हुने ६ जनाको सनाखत भएको छ ।

पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्द प्रसाद चौधरीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार पलाता गाउँपालिका-६ बस्‍ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका-५ का छाया शाही र पलाता गाउँपालिका-३ का दमन रोकाया रहेका छन् ।

Dadeldhura hospital

यस्तै १३ जना घाइतेहरुको पनि सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतिक्षा शाही, आशिष रोकाया रहेका छन् ।

यस्तै भुपेन्द्र रोकाया, तलाता-३ बस्‍ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन्  भने पलाता गाउँपालिका-५ बस्‍ने दोली विक र आयुशा विक रहेका छन् ।

घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल कालगाउ सुर्खेत पठाइएको छ।

आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।  जिप भिरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Loading...