बिउँ लाग्ने खेत पहिरोले बगाउँदै, केही बस्ती उच्च जोखिममा

अछाम, ३२ साउन- अछामको बान्नीगढी जयगढ  गाउँपालिका वडा नं. ६ दर्ना काँडाकोटको राक्से खेत पहिरोले बगाउन सुरु गरेको छ । लगातारको अविरल वर्षा सँगै पहिरो जाँदा दर्नाको काँडाकोटका केही बस्ती जोखिममा पर्न जानुका साथै खेत पनि बगाएको छ । पहिरो जान थालेपछि उक्त टोलका केही बस्तीहरू जोखिममा समेत परेका हुन् ।

दर्नाको काँडाकोट स्थित धामीटोल र कठायत टोलका करिब १२ परिवारको १ सय २ पाथी बिउँ लाग्ने खेत समेत पहिरोले बगाउन थालेको छ । अहिले खेतको बीच भागबाट पहिरो बगिरहेको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

केही भाग बगाइसकेको छ, भने केही खेत पहिरोका कारण भासिएको छ । निरन्तर पहिरो बग्न थालेपछि ३ वटा घर छाना अति जोखिममा रहेका स्थानीय किसानहरूले बताएका छन् । पहिरोले स्थानीय पाथे धामी, कुले धामी, जहरी धामीको घर, छाना अति जोखिममा छन् । विगतका वर्षमा पनि बर्षायामको समयमा पहिरोले खेत बगाउँदै आएको थियो । पहिरोको रोकथामका लागी उचित पहल नभएकाले थप जोखिम हुन सक्ने स्थानीय नागरिकहरूको भनाई रहेको छ ।

वर्षभरि काम गरेर घरपरिवार पाल्नुपर्ने किसानहरू अहिले पहिरोले खेत बगाउँदै सखाप हुने स्थितिमा पुगेपछि ठुलो समस्यामा परेका छन् । यो समयमा अब के गरेर घरपरिवार पाल्ने भनेर उनीहरूलाई समस्याले पिरोल्न थालेको छ । साथै स्थानीय सरकार लगायत अन्य विभिन्न निकायले पहिरोलाई रोकथामका लागि पहल गरिदिनुपर्ने माग छ भने, राहतको समेत व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

पहिरोको रोकथाम र थप क्षति हुन नदिनका लागि पहल गर्ने पहिरोको अवस्थाबारे बुझेर फर्किएका वडा अध्यक्ष कडायतको प्रतिबद्धता व्यक्त गरेका छन् ।

Loading...