

अत्तरिया- कैलालीको धनगढीस्थित त्रिनगर–गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीय नागरिकलाई बालकसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नागरिक सलिम खान पक्राउ परेका हुन् ।


उनी धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा पक्राउ परेका हुन् । मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए ।
बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए। ती व्यक्तिले बयान फेर्दै गएकाले यही नै कारण हो भनेर एकीन भइनसकेको उनले बताए ।