प्रहरी माथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर

डडेल्धुरा- डडेल्धुरामा प्रहरी माथि कुटपिट गर्ने पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्त माथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई अमरगढी नगरपालिका–५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु–४ का २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले सहायक प्रहरी हवल्दार माथि कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि चोट लागेको छ ।

Dadeldhura hospital

प्रहरी निरीक्षक बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य तीन जना अजयमेरु–४ चिपुरका २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी–५ बागबजारबाट पक्राउ गरिएको छ । 

मङ्गलवार बेलुकी साढे ६ बजेको समयमा प्रहरी सहायक हवलदार पन्तले धनगढीबाट डडेलधुरा तर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गर्न रोकेका थिए । सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ का २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरेका थिए ।

प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

पक्राउ परेका पाँचै जना विरुद्ध सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा मुद्दा चलाएर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते प्रहरी सहायक हवल्दारको माया मेट्रो अस्पताल धनगढीमा उपचार गराएर त्यहाँबाट डिस्चार्ज गरिएको प्रहरी प्रवक्ता बमले बताए। कुटपिटमा संलग्नहरुले मदिरा सेवन गरेको पाइएको समेत प्रहरीले बताएको छ ।

Loading...