धनगढीमा १ हजार ४ सय ७६ वटा सर्पको उद्धार

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले १ हजार ४ सय ७६ वटा सर्पको उद्धार गरेको छ ।

Ganyapdhura gau

सर्प उद्धार सम्बन्धी तालिम लिएर नगर प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाटमा मानिसको घर, गोठ, ओछ्यानमुनि, भान्सामा पसेका सर्प उद्धार गर्दैआएका छन् । विषालु र विषालुरहित गरेर एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरिसकेको नगर प्रहरीले बताएको छ ।

Navadurga sun

‘हरघडी नगर प्रहरी’ अभियान सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाले सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर उद्धार गर्नेगरिएको छ ।

Dadhaldhura pur

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले अहिलेसम्म अजिङ्गर ६ वटा, करेत ५२ वटा, कम करेत ५१ वटा, लक्ष्मी नाग (बेन्डेट करेत) १०७ वटा, धामन तीन सय ९८, कोब्रा तीन वटा, कालो कोब्रा तीन सय ३१ वटा, किङ्ग कोब्रा १६ वटा, कमन कोब्रा २०४ वटाको उद्धार गरिएको छ ।

यस्तै, ६ वटा बगाले सर्प, २ वटा हिरुवा र २८० पानी सर्प गरेर एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ । धनगढी उपमहानगरपालिकाले २०८० असोज २ गतेबाट हालसम्म एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेको हो । उद्धार गरिएका सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा बस्ती भन्दा केही टाढाको जङ्गलमा छाडिने गरेको छ ।

भारतबाट सर्प उद्धारसम्बन्धी सामग्री ल्याएर उद्धारको काम गर्दै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । यो सेवा धनगढी नगर प्रहरी बलले निःशुल्क रुपमा सेवा उपलब्ध गराउने गरेको छ । यसका लागि धनगढी नगर प्रहरी बलको १८१०५०००००९० टोल फ्री नम्बर र सशुल्क ०९१–५९०६९० मा फोन गर्नुपर्छ ।

नागरिकले आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित हुँदै आएको छ । सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छोडिएको छ ।

नगरवासीलाई सर्पदंश र सर्पलाई अकालबाट मारिनबाट जोगाउन नगर प्रहरीलाई सर्प समात्ने तालिम दिई नगरका घर, टहरा, पसल, गोठबाट आदिमा पसेका सर्पको उद्धार गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...