शुक्लाफाँटा ११ ले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुगेर उपलब्ध गराउँदै

अत्तरिया- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ ले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुगेर उपलब्ध गराउने गरेको छ ।

Ganyapdhura gau

Navadurga sun

शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परिरहेकै बेलामा वडाले सामाजिक सुरक्षा भत्ता टोलटोलमा नै उपलब्ध गराएको हाे । 

Dadhaldhura pur

ज्येष्ठ नागरिकले गाडीभाडा रकम खर्च गरेर टाढाको  बैङ्क पुगेर भत्ता रकम बुझ्नु परिरहेको बेला वडा कार्यालयले भने आफ्ना वडा वासिहरुको सहजताका लागि भत्ता रकम टोलटोलमा नै उपलब्ध गराउँदै आएको छ । स्थानीय ज्येष्ठ नागरिकले यसरी सम्बन्धित ठाउँमा नै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा आफुहरुलाई सहज भएको बताउँछन् । 

नगरपालिका–११ मा भने बैङ्कले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरि रहेका बेला अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कसम्म नै धाउनु परेको छ ।

वडा नं. ११ मा ७ सय ५० जनालाई सम्बन्धीत ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी वडा अध्यक्ष शेर बहादुर साउँदले जानकारी दिए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...