काठमाडौं । ४३ सय ८२ जना सैन्य नेपाली सेनाका जवान भएका छन्। नेपाली सेनाका विभिन्न ३६ तालिम केन्द्र तथा युनिटमा सैन्य आधार तालिम बुधबार समापन भएको छ। तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए।


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंङ्गी अड्डाले देशभरका विभिन्न ३६ स्थानमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी ३,५५० पुरुष र ८३४ जना महिला गरी ४,३८४ जना सैन्य दीक्षित भएको जनाएको छ।

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रमअन्तर्गत सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाह, विभिन्न पृतना, बाहिनी तथा गण रगुल्ममा सम्बन्धित पृतनापति, बहिनीपतिलगायतले कवाज निरीक्षण गरेका थिए।
