मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Dadeldhura hospital

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-७ करैचामा से७प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलबार बिहान मृत अवस्थामा पाइएका थिए । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको कैलाली प्रहरीले बताएको छ ।

 

Loading...