जिप दुर्घटना हुँदा ४ जना घाइते

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर तर्फ आइरहेको बा १८ च ५१४९ नम्बरको जिप जयपृथ्बी नगरपालिका–११ खानेपानी ट्याङ्की नजिक भोपुरमा दुर्घटना भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आज बिहान सवा १० बजेको समयमा भएको दुर्घटना परेर ४ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका–११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षीय शंकर धामी रहेका छन् । जिपमा गाडी चालक सहित ७ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। चालक तलकोट गाउँपालिका–१ बस्ने २३ वर्षीय नबिन बोहरा प्रहरीको नियन्त्रणमा छन् ।

घाइतेको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ । गाडी चालक संग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटना भएको बताएका प्रहरीको भनाइ छ ।

Loading...