कैलालीमा गोदावरी प्रीमियर लिग शुरु

अत्तरिया- कैलालीको गोदावरी १० मा रहेको न्यु ग्वाँसी साहारा युबा क्लबको आयोजनामा गोदावरी प्रिमियर लिग ओपन किर्केट टुर्नामेन्ट २०८१ शनिबार देखि शुरु भएको छ ।

लिगको एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रबिन्द्र शाही गुड्डुले उदघाटन गरेका हुन् । पहिलो पटक गोदावरीमा प्रिमियर लिग हुन लागेको आयोजकको दाबी छ । लिगमा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा  पहिलो हुने टिमले  १ लाख १ हजार  १ सय ११ पाउने छ । दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पाउने छ । यस्तै म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान, राइजिङ  प्लेयर, फेयर प्ले को पुरुष्कार पनि क्लबले दिने छ ।

प्रतियोगितामामा १२ देखि १६ टिमको सहभागिता रहने क्लबले विश्वास लिएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क १५ हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा गोदावरी ननगरपालिका वडा न‌ं.१० मा रहेको शिबरामपुर खेल मैदानमा भैरहेको छ । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष केशव भट्टको सभापतित्वमा भएको थियो ।

त्यस्तै  कार्यक्रममा विशिष्ट अतिथि कांग्रेसका युवा नेता योगेश भट्ट रहेका थिए । कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि  लगाएत अन्य को सहभागीता रहेको थियो । क्लबका सचिव अरुण भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन भुवन भट्टले गरेका थिए । 

Loading...