

धनगढी- कैलालीमा ४ लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।



जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


उनीहरुलाई ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरेको हो । यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ ।
बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।