धनगढी- कैलालीमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणअनुसार धनगढी उपमहानगरपालिका–१४ स्याउलेस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा धनगढी–३ का ३४ वर्षीय एक जना घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



यस्तै गोदावरी नगरपालिका–८ स्याउलेस्थित पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्याक्टरले एक पैदलयात्रीलाई ठक्कर दिँदा सोही स्थानका ४२ वर्षीय जयबहादुर कुँवर घाइते भएका छन् ।


घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्याक्टर शिताराम चौधरीले चलाएका थिए । उता बर्दगोरिया गाउँपालिका–५ कोइली भुरुवास्थित अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा २६ वर्षीय एक पुरुष र ५७ वर्षीया एक महिला घाइते भएकी छन् । दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।





