छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन खारेज हुने फैसला सुनाएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन खारेज हुने फैसला सर्वोच्चले सुनाएको हो।

Navadurga sun

गैरकानुनी थुनामा राखेको दावी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासले खारेज गर्ने फैसला सुनाएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

यसअघि असोज २१ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। सर्वोच्चले आज सुनुवाइ गर्दै रिट नै खारेज गरेपछि यो विवाद अब जिल्ला प्रहरी कार्यालय कास्कीले नै यथावत रुपमा आफ्नो अनुसन्धान अघि बढाउने छ। सोहीआधारमा जिल्ला सरकारी वकिलमार्फत मुद्दा प्रक्रिया अघि बढ्ने छ।

गोर्खा मिडियाका लागि पोखराको सूर्य दर्शन सहकारीबाट लिएको ऋण अपचलनमा उनलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ।

सूर्य दर्शन सहकारीको ऋण अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि जाहेरी परेरपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...