बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । धनगढीबाट रिगा तर्फ आउँदै गरेको म १ ज १८६ नम्बरको बोलेरो जिप मंगलबार बेलुकी साढे ८ बजेतिर मुस्याखान-शंकरपुर भित्री सडकको सुर्नया गाउँपालिका ६ खर्काधारमा दुर्घटनामा परेको हो ।

Dadeldhura hospital

सुर्नया गाउँपालिका- ३ का ३३ वर्षीय विर सिंह महरा, सुर्नया- ६ का २० वर्षीय वसन्त कुँवर, सुर्नया- ४ का २० वर्षीय नवीन सिंह महरा र २८ वर्षीय मान सिंह महरा घाइते भएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइतेमध्ये वीरसिंह र वसन्तलाई उपचारको लागि डडेल्धुरा ‘रेफर’ गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । अन्य घाइते दुईजनाको स्थानीय मेडिकलमा उपचार भएको छ।

रोकिराखेको जिप आफैँ चल्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जीप सडकबाट ६० मिटर तल खसेको छ । जिपचालक २२ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...