जिप दुर्घटना हुँदा चार जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका–६ स्थित मुस्याखान शंकरपुर सडकखण्डमा पर्ने खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका छन्।

घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिरसिंह महरा, २० वर्षीय नविनसिंह महरा, २८ वर्षीय मानसिंह महरा र सुर्नया–६ का २० वर्षीय बसन्त कुवँर रहेका छन्।

Navadurga sun

घाइतेमध्ये ३२ वर्षीय बिरसिंह महरा र २० वर्षीय बसन्त कुवँरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको छ। अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चालक २२ वर्षीया प्रकाश कुवरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालकले जिपलाई रोकेर पसलतिर गएको र सोही अवस्थामा जिप आफै अघि बढेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...