कैलाली–कञ्चनपुरमा अवैध सामान फेला

Dadeldhura hospital

धनगढी । कैलाली कञ्चनपुरमा अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले बेवारिसे अवस्थामा अवैध सामान फेला पारेको हो । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका-२ आदर्श टोल, टीकापुर नगरपालिका-८ श्रीलंका र टीकापुर-९ पायलबाट अवैध रुपमा भन्सार छली ल्याएका धोती, सुटपिस, साडी, साइकल लगायतका अन्दाजी ६ लाख १५ हजार ५०० मूल्यको सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Ganyapdhura gau

त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पक्की पुल, भीमदत्त नगरपालिका-९ तुमणानी र पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार ५० मूल्यको बिडि, कुरकुरे, बिस्कुट, कपी, प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

 

Couple
Loading...