प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। अमेरिका भ्रमणको बारेमा जानकारी दिन र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका प्रेस संयोजक प्रकाश सिलवालले पत्रकार सम्मेलन गर्नेबारे जानकारी आएको तर समय भने तोकिनसकिएको बताए।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो आइपुगेका प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सिलवालले बताए।

Navadurga sun

प्रधानमन्त्री ओलीले हिजै मन्त्रिपरिषद्को बैठक राखेर बाढी पहिरोका कारण कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरेको छ।

त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...