धनगढी- कैलालीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।



पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका –१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाईकल ठोक्किदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।