सुदूरपश्चिममा करेन्ट लागेर ३ वर्षमा ३८ जनाले गुमाए ज्यान

अत्तरिया- विद्युत्‌को हाइटेन्सन लाइन । त्यसैमाथि इन्टरनेटको तार । तारको कभर पग्लिएको छ । इन्टरनेटको नांगो तार विद्युत् प्रवाह भइरहेको तारसँगै जोडिएको छ। इन्टरनेटको तार जमिनमा लत्रिएको थियो ।

इन्टरनेट नचलेपछि लत्रिएको तार काट्ने क्रममा करेन्ट लागेर सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रशासन अधिकृत कृष्णदत्त जोशीको मृत्यु भयो । गत भदौ २८ गते महेन्द्रनगरमा वर्षा भइरहेको थियो । त्यसमै कभर पग्लिएको इन्टरनेटको तारमा हाइटेन्सन तारबाट विद्युत् प्रवाह भएर उक्त दुर्घटना भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

केही दिनअघि कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरमा पनि करेन्ट लागेर १८ वर्षीय हाबिल डगौँराको मृत्यु भयो । बिग्रिएको रेडियो बनाउने क्रममा घरमै उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दो छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार तीन वर्षको अवधिमा करेन्टबाट ३८ जनाको मृत्यु भएको छ । त्यतिकै संख्यामा अंगभंग भएकाहरू पनि छन् । आर्थिक वर्ष २०७९/०८० मा करेन्टका कारण १२ जनाले ज्यान गुमाए। प्रहरीका अनुसार त्यो वर्ष १२ जना घाइते पनि भए ।

Dadeldhura hospital

आर्थिक वर्ष २०८०/०८१ मा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १९ पुग्यो । त्यो वर्ष ३२ जना करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को हालसम्म करेन्टले ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते छन् ।
विद्युत्‌ प्राधिकरणको लापरबाहीले पनि घटना हुने गरेका छन् ।

सुदूर पश्चिमका सहरी क्षेत्रमा इन्टरनेट र विद्युत्‌को तार असरल्ल छन् । कतिपय ठाउँमा विद्युत् तार, ट्रान्सफर्मर खुला छाडिएका छन् । विद्युतीय उपकरण जीर्ण हुनाले पनि मानिस विद्युत्‌को चपेटामा पर्ने गरेको प्राविधिक बताउँछन् । त्यसो त काम गर्ने सिलसिलामा विद्युत् प्राविधिक नै करेन्टको सिकार भइरहेका छन् ।

तालिमबिना विद्युत्‌को काममा खटाइँदा तथा सावधानी नअपनाउँदा करेन्ट लाग्ने घटना बढिरहेका छन् । कतिपय घटना विद्युत् कार्यालयको लापरबाहीले पनि हुने गरेको नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय (अत्तरिया) का प्रमुख जंगबहादुर चन्द बताउँछन् ।

‘प्राविधिकहरूलाई तालिम दिइएको हुन्छ । तर काममा गर्ने क्रममा लापरबाहीले गर्दा घटना हुन्छन्’, उनले भने, ‘ओभर कन्फिडेन्सले के नै हुन्छ भनेर हेलचक्र्याइँ गर्दा पनि घटना भएका छन् ।’ सुरक्षाका उपाय नअपाउनु पनि विद्युतीय दुर्घटना बढ्नुको अर्को कारण हो । विद्युत् कार्यालयको लापरबाहीका कारण हुने दुर्घटनामा भएको क्षतिको विवरण लिएर प्राधिकरणले क्षतिपूर्ति दिने गरेको छ ।

विद्युतीय दुर्घटना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको उनको भनाइ छ । प्राधिकरणको लापरबाहीले ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति पाए पनि आफ्नै कमजोरीले ज्यान गुमाउने सर्वसाधारण भने यसबाट बञ्चित छन् ।

Loading...