पाँच लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट ५ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी–२ ट्राफिक चौराहा र हल्दुघाट, धनगढी–७ बेली र मनेहरा, धनगढी–९ त्रीवेणीघाट, धनगढी–१० जुगेडा, धनगढी–१२ कम्पनि टोल, भजनी–१ गोदाबरी चोक, भजनी–३ फडरिया र भजनी– ७ हिक्मतपुर र चर्राबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३१ हजार १९७ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको प्याज, चिनी, सरप, बिस्कुट, सुर्ती, पटका, तरकारी, दाल, खानेतेल, सुटपिस, कुर्ती, गन्जी, फ्राक, मोटरसाइकलको सिट कभर, क्लोज ब्रेक कभर, हर्न, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...