बैतडीमा जीप दुर्घटनामा घाइते युवतीको मृत्यु

बैतडी । जीप दुर्घटनामा घाइते भएकी सुर्नया गाउँपालिका-८ की एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। १८ वर्षीया सविना महराको मृत्यु भएको हो।

उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुर्नया- ८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१०० ज १३५४ नम्बरको जीप मंगलबार दुर्घटना भएको थियो।

चालक सुर्नया गाउँपालिका ७ का लालबहादुर कुँवरसहित पाँच जना घाइते भएका थिए। घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी लगिएको थियो।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया-८ का २१ वर्षीय कृष्ण मडै, ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्।

चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Loading...