खैरो हेरोईनसहित कञ्चनपुरमा ३ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट भीमदत्त नगरपालिका–७ बस्ने २२ वर्षीय केशवराज भट्ट र २३ वर्षीय भरत जाग्री पक्राउ परेका हुन्।

Dadeldhura hospital

दुबै जनालाई ५.०५ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीले फेला पारि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
Godawari sandesh

यसैगरी दोधारा चाँदनी नगरपालिका–१ पक्की पुल नजिकबाट भीमदत्त नगरपालिका–१२ बस्ने २२ वर्षीय आशिष जोशी पक्राउ परेका छन्।

जोशीलाई ०.२६ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...