विपि जयन्तीमा काँग्रेस गोदावरीद्वारा विपन्न परिवारको घरको शिलान्यास

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १० को शितापुर टोलमा रहेको विपन्न परिवारको लागि घर निर्माण गरिने भएको छ । घरको आज (सोमबार) एक विशेष कार्यक्रमका बीच शिलन्यास गरिएको छ ।

Ganyapdhura gau

विपि कोईरालाको १११ औं जन्मदिनको अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले घरको शिलन्यास गरेका हुन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभासद माननीय तुलसी देवकोटा, नेपाली कांग्रेस क्षेत्र न. ४ का क्षेत्रिय सभापति ललित रोकाया, गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपालदत्त भट्ट, विभिन्न वडाका प्रतिनिधि लगायत नेपाली कांग्रेस प्रतिनिधिहरुको उपस्थितिमा घरको शिलन्यास भएको हो ।

Navadurga sun
Dadhaldhura pur

कांग्रेस गोदावरी नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा जस्को कोही छैन उसको नेपाली कांग्रेस भन्ने मूल नाराका साथ विपन्न एव् अपाङ्गता भएका डम्मरे कामी तथा आमा ८० बर्षीय लाली कामीको परिवारको घर निर्माण थालनी भएको छ ।

नगरकार्यसमिति अन्तरगतको उद्धार समितिले सोमबार परिवारलाई कांग्रेसका नगर कार्यसमिति सभापति विरबहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, नेपाल तरुण दल नगर सभापति रमेशराज भट्टराई, उद्धार समिति संयोजक प्रेम कुमाल, नगर सचिव योगेश भट्ट, कांग्रेसको गोदावरी–३ का उपसभापति बेदप्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

नगरकार्यसमितिले ‘जसको कोहि छैन, उसको नेपाली कांग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग गर्ने काम गर्दै आईरहेको छ । बिपि जयन्तीको अवसरमा आज बिहानै नेपाली कांग्रेस क्षेत्र न. ४ को क्षेत्रिय पार्टी कार्यालय बनखेतमा नेता कार्यकर्ताहरुले फूलमाला अबिर सहित बिपिको फोटोमा माल्यार्पण गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...