

धनगढी- कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका वडा नं. १ खडकचोकबाट अवैध काठ बरामद गरेको हो।



प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नम्बर पिलेट स्पष्ट नदेखिने टीकापुर नगरपालिका वडा नं. ५ भगरैया ४७ वर्षीय खुसिराम चौधरीले चलाएको ट्याक्टरबाट अवैध खयरको काठ बरामद गरिएको हो ।


उक्त काठ १९ गोलीया (९५.८९ क्युफिट) रहेको प्रहरीले जनाएको छ । अवैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाइएको प्रहरीले जनाएको छ।





