सबै तहका कर्मचारीका नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

Dadeldhura hospital

काठमाडौं, २५ साउन- सरकारले कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Loading...