गायिका दिपा रोकायाको सांगीतिक यात्रा

सन्तोष पाण्डेय/अत्तरिया- दार्चुलामा जन्मिनुभएकि दिपा रोकाया सुदुरपश्चिम् कि चर्चित देउडा गायिका हुन । २०६० साल धनगढी बाट सुरु गरेर अहिले उहाको गायन यात्रा काठमाडौ सम्म चलिरहेको छ ।

उहाँ भन्नुहुन्छ यो क्षेत्रमा निकै सङघर्ष गर्दा आजसम्म यो क्षेत्रमा लागिरहेकी छु , देश बिदेशका कार्यक्रम जान पाएकी छु। देउडा , दोहोरी र तिज गित गरि दर्जनौं गितमा आवाज दिएको उहाले बताउनुभयो । बाल्यकालदेखि उनलाई संगीत मन पर्थ्यो , ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन्।

उहाको पहिलो देउडा कोसेली ब्यानतारो आइगयो बजारमा निकै चर्चामा आएको थियो । ब्यान्तारो आइगयो गित बाट सुरु भएको साङ्गितिक यात्रा  सम्झना छाडिगए, मेरा प्यारो डडेलधुरा, लेकाली चोयाको डोको,तेरो फोटो सिरानी , असल साथी , पुर्णिाको जुन , साली भेना लगायत लोक दोहोरी र तिजका दर्जनौं गितमा आवाज दिनुभएको छ ।

सङ्गीत प्रतिको मोह ले घर सल्लाह बिना घरबाट भागेकी गायिका रोकायाको पहिलो गीत एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।

दिपा रोकाया देउडा तथा लोक गायनमा उल्लेखनीय प्रतिभाको रूपमा परिचित छिन् ।  रोकाया वर्षौंदेखि साङ्गीतिक कर्ममा आफूलाई एक प्रतिभाशाली व्यक्तित्वको रूपमा स्थापित गरिरहेकी छिन् । बिभिन्न स्थानीय देखि राष्ट्रिय कार्यक्रम हरुबाट अवार्ड पाउँदा आफू निकै खुशी भएको र सांगीतिक क्षेत्रमा थप प्रेरित भएको बताउनुहुन्छ । दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाले पनि आफू यस क्षेत्रमा सक्रिय रहेको उनले बताइन ।

बाल्यकाल देखि उनलाई संगीत मन पर्थ्यो , ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ, उनी भन्छिन् ।

गाइका रोकाया ले रेडियो नेपालले २०७९ सालमा लिएको स्वर परिक्षामा लोक गित तर्फबाट स्वर परिक्षा उत्तीर्ण गरेकी थिइन । साथै उनी विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् ।

Loading...