निजामती कर्मचारी युनियनको स्थापना दिवसमा गुरुकुललाई आर्थिक सहयोग

धनगढी- नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति कैलालीले गुरुकुललाई आर्थिक सहयोग गरेको छ ।

Dadeldhura hospital

युनियनले धनगढी–१३ कैलाली गाउँमा रहेको निङ्गलासैनी गुरुकुल संस्कृत विद्या पिठलाई आर्थिक सहयोग गरेको हो । गुरुकुलले स्थापना गर्न लागेको अक्षयकोषका लागि २१ हजार १२१ रुपैयाँको चेक हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष खेमराज जोशीले बताए । युनियन पदाधिकारीहरूले गुरुकुलमै पुगेर चेक हस्तान्तरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै युनियनको स्थापना दिवसको अवसरमा जिल्ला  कार्यसमिति कैलालीले फुटसल प्रतियोगिता समेत आयोजना गरेको थियो ।

प्रतियोगितामा  इन्जिनियरिंग र प्रशासन सेवाका कर्मचारीका बीचको  मैत्रीपूर्ण फुटसल प्रतियोगितामा इन्जिनियरिंग सेवा समूहको टिम विजेता  र  प्रशासन सेवा समूह उपविजेता भनेको थियो। कार्यक्रममा विजेता र उपविजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

Loading...