कैलारी गाउँपालिकामा अट्वारी पर्वमा दुई दिन बिदा

धनगढी- कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईवासी थारु समुदायका मानिसले धूमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारु पुरुषले व्रत बस्ने गर्छन् ।

Loading...